हप्तामा कति घण्टा काम गर्ने ?
काठमाडौँ । हप्तामा कति घण्टा काम गर्नुपर्छ भन्ने बारे बेला बेला बहस चर्किरहन्छन् । यस्तैमा मानिसहरूले आफ्नो शरीरको आवश्यकता बुझ्नुपर्ने र आवश्यक पर्दा आराम गर्नुपर्छ, भनेर सल्लाह आएको छ ।
यो सल्लाह अरू कसैले होइन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)की पूर्व प्रमुख वैज्ञानिकले डा. सौम्या स्वामिनाथनले दिएकी हुन् । लामो समयसम्म काम गर्दा थकावट (बर्नआउट हुने) अनि कार्यक्षमतामा कमी आउन सक्ने उनले बताएकी छिन् ।
हरेक व्यक्तिको सहनशीलताको स्तर फरक हुने भएपनि आरामको आवश्यकता पर्दा शरीरले यसको संकेत दिने उनी भन्छिन् । कोभिड–१९ महामारीको समयमा देखिए जस्तै केही समयको लागि अनवरत काम गर्न सम्भव भएपनि तर लामो समयसम्म त्यसो गर्न सम्भव नभएको उनको भनाइ छ ।
‘केही महिनासम्म हामी निकै मेहनत गर्न सक्छौँ । हामी सबैले कोभिडको समयमा यो गरेको पनि हौं । हामीले कम सुतेर, लगातार चिन्तामा रहेर पनि काम गर्यौँ, विशेष गरी २४ घण्टा काम गर्ने स्वास्थ्यकर्मीहरूले यस्तो गरेका हुन् । यसको प्रभावले धेरै मानिसहरू बर्नआउटबाट पीडित भए र कतिपयले पेसा नै छोडे । त्यसैले लामो समयसम्म यो सम्भव छैन,’ उनले भनिन् ।
स्वामिनाथनले मानसिक स्वास्थ्य र आरामको महत्त्वमा जोड दिएकी छिन् । ‘शरीरलाई निद्रा चाहिन्छ, तपाईंको सोच्ने र बुझ्ने क्षमता अक्षुण्ण रहन मानसिक विश्राम लिनु पनि जरुरी छ,’ उनले भनिन् ।
स्वामिनाथनले काम गर्ने समय मात्र नभई कामको गुणस्तर बढी महत्त्वपूर्ण हुने बताइन् । ‘तपाईं १२ घण्टा डेस्कमा बस्न सक्नुहुन्छ, तर ८ घण्टा पछि तपाईंको उत्पादकता घट्न सक्छ । त्यसैले केवल घण्टा गनिरहँदा केही उपलब्धि हुँदैन, बरु कामको गुणस्तरमा ध्यान केन्द्रित गर्नु महत्त्वपूर्ण छ,’ उनले भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण