शाहीलाई रिमालको जवाफ : काँक्रा चोरहरू पोल खुल्ने डरमा अर्काको गालामा बियाँ टाँस्छन्
काठमाडौँ - एमाले नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपा सचेतक ज्ञानेन्द्र शाहीलाई नालायक भएको टिप्पणी गरेका छन्। फेसबुकबाटै राप्रपा सांसद शाहीले लगाएको आरोप खण्डन गर्दै रिमालले 'मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन' भनेर लेखेका छन्।
आइतबार पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीको निर्देशनमा राख्न लगाएको आरोप लगाएपछि रिमालले त्यसको जवाफ फर्काएका हुन्।
रिमालले फेसबुकमा लेखेका छन्-
काँक्रा चोरहरू
काँक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा
हत्तपत्त अर्काको गालामा बियाँ टाँसी
कुलेलम ठोक्छन् !
दलालहरू-
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन् !
डिसइन्फरमेसनको सहारामा मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट भ्रम फैलाएको र शाहीले भ्रमको खेती गर्दै आएका पनि रिमालले आरोप लगाएका छन्। उनले लेखेका छन्- यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी इडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण