विदेशी शक्तिको आडमा राजावादी सक्रिय भएको माओवादीको आशंका
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको छ । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा राजावादीको जुलुसमा योगीको तस्बिर प्रयोगबारे गम्भीर समीक्षा गरेको हो ।
पूर्वराजाको सक्रियता आफ्नै बलबुतामा नभई विदेशी शक्तिको आडमा प्रतिगामी शक्ति सलबलाएको विषयमा समीक्षा भएको महासचिव देव गुरुङले रातोपाटीलाई बताए ।
‘गणतन्त्रलाई कमजोर बनाउन प्रतिगमनकारी शक्ति सलबलाएको देखिन्छ । यो गम्भीर विषय हो । राजावादी प्रतिगामीको जुलुसमा आदित्यनाथको फोटो बोकेर हिँडेको छ । बाह्य शक्तिको उक्साहटमा पूर्वराजा सक्रिय भएको हुनसक्छ’, उनले भने, ‘राष्ट्रियतालाई कमजोर पार्न र माओवादीले लडेर ल्याएको व्यवस्था उल्टाउन देशी विदेशी शक्तिहरूले खेल्न खोजेको देखिन्छ । केपी ओली सरकारको जनविरोधी गतिविधिका कारण राष्ट्रियता थप सङ्कटमा परेको छ । अहिले नै गणतान्त्रिक व्यवस्था धरापमा परेको हामीले निष्कर्ष निकालेका छैनौँ । तर राष्ट्रियता, स्वाभिमानलाई बचाउन देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन ।’
गुरुङले बैठकमा चैत ५ गते हुने स्ववियु निर्वाचन, तराई मधेस जागरण अभियानबारे समीक्षा भएको बताए । अभियान स्थगित राजावादीको सक्रियताका कारण नभई बैठक बस्नका लागि गरिएको उनले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण