माओवादीले प्रतिगमनविरुद्ध प्रतिरोध जुलुस निकाल्ने
काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज ४ बजे बस्ने भएको छ । बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकालेको थियो ।
गम्भीर परिस्थितिलाई कसरी सामना गरेर जाने भन्ने विषयमा मोर्चाको बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठकले कुनै निर्णय नगरेको उनले जिकिर गरे । साथै प्रतिगामी शक्तिको प्रतिरोधमा काउन्टर जुलुस निकाल्ने निर्णय भएको पौडेलले बताए । मोर्चाको बैठकमा छलफल गरेर मात्र माओवादीले निर्णय गर्ने उनको भनाइ छ ।
‘देशको पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा भएको छ । अध्यक्षले सडकमा हिन्दुवादीको सक्रियता, प्रतिगामी तथा राजावादीको सक्रियताले राजनीति गम्भीर बन्दै गएको ब्रिफिङ गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल रहेकाले गणतन्त्रवादी र वामपन्थी शक्तिहरू मिलेर जानुपर्छ भन्ने कुरा राख्नुभएको छ । समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छलफल गरेपछि प्रतिरोध जुलुस निकाल्ने निर्णय भएको छ । तिथि मिति तोकिएको छैन । यसबारे भोलि बस्ने बैठकले निर्णय गर्छ’, उनले भने ।
पौडेलले पूर्व–पश्चिम हुलाकी मार्ग अन्तर्गत बारा, पर्सा र चितवनको अभियान जारी राख्ने बताए । बाँकी ठाउँको विषयमा अर्को बैठकले निर्णय गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण