अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका-२ घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुर इन्द्रसरोवर गाउँपालिका-३ घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका-१४ चोभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।
पक्राउ मध्ये सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ र एलिनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण