‘मम’को सिक्वेल बनाउँदै बोनी, कान्छी छोरी खुसीलाई लिड रोल
नयाँदिल्ली । बलिउड निर्देशक बोनी कपूरले आफ्नी दिवङ्गत पत्नी श्रीदेवीको अन्तिम फिल्म ममको सिक्वेल बनाउन लागेका छन् । आइफा अवार्डको क्रममा मिडियासँग कुरा गर्दै बोनी कपूरले आफ्नी छोरी खुसी र जान्हवीप्रति माया देखाउँदै आफ्नो अर्काे फिल्ममा कान्छी छोरी खुसी कपूरलाई खोलाउन सक्ने बताएका थिए ।
‘मैले खुसीका सबै फिल्महरू : आर्चिजदेखि लभयापा र नादानियाँसम्म हेरेको छु । नो इन्ट्री पछि म खुसीको साथ फिल्म बनाउने योजनामा छु । यो फिल्म मम–२ पनि हुन सक्छ । खुसी आफ्नी आमाको पाइलालाई पछ्याउने प्रयास गरिरहेकी छिन् । उनकी आमा एक शीर्ष चलचित्र अभिनेत्री थिइन् । मलाई आशा छ जान्हवी र खुसीले पनि यस्तै सफलता हासिल गर्नेछन् ।’ बोनीले भने ।
ममबाट श्रीदेवीले पाएकी थिइन् राष्ट्रिय पुरस्कार
२०१७ मा रिलिज भएको मम श्रीदेवीको अन्तिम फिल्म बन्यो । रवि उदयवरले निर्देशन गरेको यस फिल्मलाई बोनी कपूरले निर्माण गरेका थिए । फिल्ममा उत्कृष्ट अभिनयको लागि श्रीदेवीले मरणोपरान्त सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाएकी थिइन् ।
बोनी कपूर यतिबेला २००५ को हिट कमेडी फिल्म नो एन्ट्रीको सिक्वेल बनाउन व्यस्त छन् । ‘नो इन्ट्री जुलाई–अगस्ट आसपास रिलिज हुनेछ । यसमा धेरै अभिनेत्रीहरू मुख्य भूमिकामा रहेका छन् । त्यसैले म अहिले केही कुरा गर्न सक्दिन ।
हामीले तीमध्ये केहीलाई अन्तिम रूप दिइसकेका छौँ र केहीलाई अझै अन्तिम रूप दिन बाँकी छ । एकपटक अन्तिम रूप पाएपछि, औपचारिक घोषणा गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण