अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
सोमबार, २६ फागुन २०८१, १४ : ०३
काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जना जना पक्राउ गरेको छ ।
- कञ्चनपुर, बेलौरी नगरपालिका-४ शान्तिपुरबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४१ ग्राम ८१ मिलिग्राम सहित सोही नगरपालिका-४ र ६ बस्ने ३ जना किशोरहरूलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ८५५१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-११ बस्ने २७ वर्षीय विशाल गुरूङ र सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय आर्यन राजधामी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका विशाललाई ८ ग्राम ४ सय ८० मिलिग्राम र आर्यनलाई २ ग्राम ८ सय ३० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- यसैगरी मोरङ, रतुवामाई नगरपालिका-४ आमबारी त्रिभुबन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुरज ताजपुरिया, २६ वर्षीय बिक्रम चौधरी र २६ वर्षीय अशोक गुरूङ रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले शनिश्चरेबाट लारीकट्टातर्फ जाँदै गरेको प्र.१-०१-०१७ प २८७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
- रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बैंक कोलोनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ५ ग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु मायादेवी गाउँपालिका-३ बस्ने २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १५ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण