रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्री रूपमा सम्झौता गरेको दाबी गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले रास्वपा सभापति लामिछानेले देउवा र ओलीसँग भित्री रूपमा सम्झौता गरेको दाबी गरेका हुन् ।
‘रवि दाइले भित्री रूपमा देउवा र ओलीसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने र राजातिर भड्किएको जमातलाई फेरि आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ’, ढकालले भनेका छन्, ‘पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रवीन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरी राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य