रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्री रूपमा सम्झौता गरेको दाबी गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले रास्वपा सभापति लामिछानेले देउवा र ओलीसँग भित्री रूपमा सम्झौता गरेको दाबी गरेका हुन् ।
‘रवि दाइले भित्री रूपमा देउवा र ओलीसँग सम्झौता गरेछन् । मुद्दा कमजोर बनाइदिने र राजातिर भड्किएको जमातलाई फेरि आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने सम्झौता भएको बुझ्न सकिन्छ’, ढकालले भनेका छन्, ‘पहिला पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पासपोर्ट काण्डमा यस्तै सम्झौता भएकै थियो । अन्य अवस्थामा रवीन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरी राजाको पक्षमा लाग्ने आन्तरिक रणनीति बुनिरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण