अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो
सोमबार, २६ फागुन २०८१, १८ : २३

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले पदाधिकारीको टुङ्गो लगाएको छ । चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा हुन लागेको स्ववियु निर्वाचनका लागि पदाधिकारीहरूको टुंगो लगाएको हो ।
स्ववियु अध्यक्षमा रुद्रहरी पोखरेल, सचिवमा गोपाल शाही र कोषाध्यक्षमा विवेक कोइरालाले उम्मेदवारी दिने निर्णय सर्वसहमत गरेको हो । यसअघि २०७९ सालको स्ववियु निर्वाचनमा पोखरेल सचिवमा निर्वाचित भएका थिए ।
त्यस्तै सचिवका उम्मेदवार शाही क्याम्पस कमिटी सचिव र कोइराला स्ववियु सदस्य हुन । अध्यक्षका उम्मेदवार पोखरेलले विद्यार्थी हकहित तथा क्याम्पस सुधारको मुद्दालाई अगाडि बढाएको बताए । विगतदेखि नै विद्यार्थी हकहितको पक्षमा र क्याम्पसभित्रका विकृति विसंगीका विरुद्धमा लड्दै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश
-
‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’
-
खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?
-
सडकबाटो बिग्रिएपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द