अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो
सोमबार, २६ फागुन २०८१, १८ : २३
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले पदाधिकारीको टुङ्गो लगाएको छ । चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा हुन लागेको स्ववियु निर्वाचनका लागि पदाधिकारीहरूको टुंगो लगाएको हो ।
स्ववियु अध्यक्षमा रुद्रहरी पोखरेल, सचिवमा गोपाल शाही र कोषाध्यक्षमा विवेक कोइरालाले उम्मेदवारी दिने निर्णय सर्वसहमत गरेको हो । यसअघि २०७९ सालको स्ववियु निर्वाचनमा पोखरेल सचिवमा निर्वाचित भएका थिए ।
त्यस्तै सचिवका उम्मेदवार शाही क्याम्पस कमिटी सचिव र कोइराला स्ववियु सदस्य हुन । अध्यक्षका उम्मेदवार पोखरेलले विद्यार्थी हकहित तथा क्याम्पस सुधारको मुद्दालाई अगाडि बढाएको बताए । विगतदेखि नै विद्यार्थी हकहितको पक्षमा र क्याम्पसभित्रका विकृति विसंगीका विरुद्धमा लड्दै आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण