काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिमा ५ संगठनबिच भागबण्डा
सोमबार, २६ फागुन २०८१, १८ : ५३
आसन्न स्ववियु निर्वाचनलाई लिएर काभ्रेका १५ वटै क्याम्पसमा ५ विद्यार्थी संगठनहरुले भागबण्डा गरेका छन् । काभ्रेका १५ क्याम्पसको स्ववियु सभापतिसहित केही पदमा प्रमुख ५ विद्यार्थी संगठनहरुबिच भागबण्डाको सहमति भएको हो ।
अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अखिल समाजवादीले सहमति गरेका हुन् । सहमतिअनुसार अनेरास्ववियु र नेविसंघले ६/६ वटा क्याम्पसमा सभापति र क्रान्तिकारीले ३ क्याम्पस सभापति लिनेछन् भने, अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति लिने सहमति भएको छ ।
यस्तै, अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा २ सदस्य धुलिखेलमा एक सदस्य पाउने सहमति भएको छ । अन्य पदहरुमा भने प्रक्रिया अनुसार अघि बढ्ने सहमति गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण