‘नवीन समझदारी’ गर्न राप्रपाको आह्वान, पूर्वराजाको स्वागत सफलतापूर्वक भएको निष्कर्ष
काठमाडौँ । राप्रपाले मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सम्मान र स्वागत कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
पूर्वराजा पोखराबाट फर्किँदा आइतबार राजावादीहरूले विमानस्थल क्षेत्रमा स्वागत गरेका थिए ।
यस्तै राप्रपाले आम नागरिकको उत्साहजनक उपस्थितिले नेपालमा राजसंस्थाको आवश्यकता र अपरिहार्यता प्रमाणित भएको समेत जिकिर गरेको छ ।
‘आम नागरिकको चाहना, देशको आवश्यकता, सडकमा प्रतिबिम्वित जनभावना अनुरुप मुलुकलाई निकास दिन र कसैलाई निषेध नगर्ने व्यवस्थाका लागि ‘नवीन समझदारी’गर्न राप्रपा सबै राजनीतिक दललाई आह्वान गर्दछ’, प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसका लागि आवश्यक संवादको थालनी गर्न समेत राप्रपाले सबै राजनीतिक दललाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
यसैबीच आगामी चैत ३ गते राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टीले सञ्चालन गर्ने आन्दोलन लगायतका विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण