मतदाता नामावलीमा असन्तुष्टि जनाउँदै पब्लिक युथ क्याम्पसमा अनेरास्ववियू क्रान्तिकारीको तालाबन्दी
मङ्गलबार, २७ फागुन २०८१, ०९ : १७
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले फर्जी भर्ना गरिएको आरोपमा पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको छ ।
निर्वाचन आयोग पब्लिक युथ क्याम्पसद्वारा निकालिएको अन्तिम मतदाता नामावली सूचिमा विटिटिएम् प्रोग्राम तेस्रो सेमेस्टरमा अध्ययनरत विधार्थीहरुको सूचीमा फर्जी पाइएको भन्दै तालाबन्दी गरिएको हो ।
यस विषयमा निर्वाचन समितिलाई जानकारी गराउँदा पनि बेवास्ता गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको र वास्तविक विद्यार्थीलाई मताधिकारबाट वञ्चित गरेकोले बाध्य भएर तालाबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण