रुपन्देहीको तिलोत्तमा नगरपालिका असल अभ्यास अवार्ड सूचीमा
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरूबिचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडीपी) संस्थाले गर्ने २४औँ संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको नगरप्रमुख रामकृष्ण खाणले रातोपाटीलाई बताए ।
उनले अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको खुलाए ।
ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच विषयमा आवेदन माग गरेकोमा तिलोत्तमा जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान अन्तर्गत प्रारम्भिक सूचीमा परेको हो ।
छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबिच अनलाइन भोटिङको ५० अंक र निर्णायकको मूल्याङ्कनको ५० अंकको आधारमा मे महिनाको २१देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी कन्फेरेन्स (सम्मेलन) मा अवार्ड विजेता घोषणा गरिने ओआइडीपीको वेबसाइटमा उल्लेख छ । तिलोत्तमा प्रारम्भिक सूचीमा परेपछि अनलाइन भोटिङमार्फत मत दिएर जिताउन नेपालभर र विश्वभर रहेका नेपालीलाई नगरपालिका आग्रह गरेको छ।
ओआइडीपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्नेछ । उनका अनुसार अनलाइन भोटिङ गर्दा एकजनाले ५ वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको छ । ओआइडीपीको वेबसाइटमै गएर मत दिन सकिने छ ।तिलोत्तमा नगरपालिकाले २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान आठौँ वर्षमा निरन्तर चलाउँदै आएको छ । उक्त अभियानको १४० औँ शृङ्खला सम्पन्न भएको खाँणले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण