एक्सले काम नगरेपछि यसो भन्छन् मस्क

क्यालिफोर्निया । माइक्रो बलगिङ वेबसाइट एक्समा सोमबार समस्या देखिएको थियो । यसैबिच एक्सका मालिक तथा खर्बपति अमेरिकी व्यापारी एलन मस्कले एक्समाथि ठुलो साइबर आक्रमण भएको बताएका छन् ।
अमेरिका र बेलायत लगायत विश्वका धेरै भागहरूमा सेवा बन्द भएको गुनासो आएपछि, मस्कले भविष्यमा पनि आक्रमण जारी रहन सक्ने भनेका छन् । ‘हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो,’ एक्समा एउटा पोष्टमा मस्कले भने ।
यस काममा कि त ठुलो समूह वा कि देश संलग्न भएको उनले बताए । प्लेटफर्म आउटेज मनिटर डाउनडिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याहरूको बारेमा अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौँ गुनासोहरू प्राप्त भएको बताएपछि मस्कको यो बयान आएको हो ।
सोमबारको आउटेजको समयमा एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा एक्समा लोडिङ आइकन मात्रै देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
-
बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी
-
मौरीपालक किसानको सङ्ख्या बढ्यो, उत्पादन भने घट्यो
-
ट्रम्पविरुद्ध हजारौँ मानिस सडकमा
-
राप्रपाको प्रदर्शनमा सीमित नेता मात्रै सहभागी हुने