एक्सले काम नगरेपछि यसो भन्छन् मस्क
क्यालिफोर्निया । माइक्रो बलगिङ वेबसाइट एक्समा सोमबार समस्या देखिएको थियो । यसैबिच एक्सका मालिक तथा खर्बपति अमेरिकी व्यापारी एलन मस्कले एक्समाथि ठुलो साइबर आक्रमण भएको बताएका छन् ।
अमेरिका र बेलायत लगायत विश्वका धेरै भागहरूमा सेवा बन्द भएको गुनासो आएपछि, मस्कले भविष्यमा पनि आक्रमण जारी रहन सक्ने भनेका छन् । ‘हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो,’ एक्समा एउटा पोष्टमा मस्कले भने ।
यस काममा कि त ठुलो समूह वा कि देश संलग्न भएको उनले बताए । प्लेटफर्म आउटेज मनिटर डाउनडिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याहरूको बारेमा अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौँ गुनासोहरू प्राप्त भएको बताएपछि मस्कको यो बयान आएको हो ।
सोमबारको आउटेजको समयमा एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा एक्समा लोडिङ आइकन मात्रै देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण