शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न केसीको माग
मङ्गलबार, २७ फागुन २०८१, १३ : २०
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले पटक पटक नेपाल शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन गरेर शिक्षकहरूलाई काममा पठाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा सांसद केसीले सरकारको ध्यानाकर्षण गराउँदै सम्झौता नगर्नू कुरा खेदजनक भएको बताएका हुन् ।
‘लाखौँ शिक्षकसँग गरेको प्रतिबद्धता पालना सरकारले गरोस्, विद्यालय ऐन जारी गरेर १७, १८ थरीको शिक्षक एकीकृत गर्ने काममा लागोस्’, केसीको भनाइ छ ।
साथै उनले सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ, एकल वा अपाङ्गलाई राष्ट्रिय परिचयपत्रको व्यवस्था गरिए पनि प्रविधिले काम नगर्दा सास्ती भएकाले गुनासो आएकाले सरकारले त्यसबारेमा समयमै सोच्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण