शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न केसीको माग
मङ्गलबार, २७ फागुन २०८१, १३ : २०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले पटक पटक नेपाल शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन गरेर शिक्षकहरूलाई काममा पठाउन माग गरेका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा सांसद केसीले सरकारको ध्यानाकर्षण गराउँदै सम्झौता नगर्नू कुरा खेदजनक भएको बताएका हुन् ।
‘लाखौँ शिक्षकसँग गरेको प्रतिबद्धता पालना सरकारले गरोस्, विद्यालय ऐन जारी गरेर १७, १८ थरीको शिक्षक एकीकृत गर्ने काममा लागोस्’, केसीको भनाइ छ ।
साथै उनले सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ, एकल वा अपाङ्गलाई राष्ट्रिय परिचयपत्रको व्यवस्था गरिए पनि प्रविधिले काम नगर्दा सास्ती भएकाले गुनासो आएकाले सरकारले त्यसबारेमा समयमै सोच्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
-
भारतीय जहाजहरूका लागि पाकिस्तानले बन्द गर्यो आफ्नो बन्दरगाह
-
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?