हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी उपचार सेवा सुरु
मकवानपुर । मकवानपुरको हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा विस्तर गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा (कार्डियो) उद्घाटन गरेका हुन् ।
तत्कालका लागि बहिरङ्ग सेवा मार्फत् मुटु रोग सम्बन्धी उपचार सेवाको थालनी गर्ने गरी उक्त सेवा अस्पतालमा विस्तार गरिएको हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अस्पतालमा हाललाई सामान्य उपचार सेवा थालिने उनले बताए ।
टिचिङ अस्पतालमा छात्रवृत्तिमा अध्ययन गरेका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठलाई सेवाका लागि हेटौँडा अस्पताल खटाएसंगै हेटौँडा अस्पतालमा सेवाको विस्तार गरिएको मेसु डा. सापकोटा बताए । रोटरी क्लब अफ मकवानपुरले उपलब्ध गराएको १ करोड बराबरको उपकरण प्रयोगमा ल्याएर सेवा थालनी गरिएको उनले बताए । अस्पतालमा उपकरण संचालनको लागि विशेषज्ञ डा. नहुँदा उक्त उपकरणहरू विगत डेढ वर्षदेखि थन्किएर रहेको थियो ।
मुटु रोग विशेषज्ञ डा. श्रेष्ठका अनुसार हाल बहिरङ्ग सेवा मार्फत मुटु रोग सम्बन्धी हल्टर, टिएमटी, इको, इसिजी लगायतका परीक्षण अस्पताल मार्फत हुने बताए । मुटु रोग सम्बन्धी थप परीक्षण तथा शल्यक्रियाका लागि अन्य उपकरण र जनशक्ति आवश्यक रहने भएकाले सोको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए ।
उनले हेटौँडा अस्पतालमा विभिन्न सेवामा १ हजार ५०० जना बिरामीलाई सेवा प्रदान गरिरहेको बताए । हाल हेटौँडा अस्पतालमा हाल ३ सिफ्टमा डाइलाइसिस सेवा प्रवाह भइरहेको छ । जसअनुसार हाल अस्पतालमा आकस्मिक र अन्य विरामीको लागि छुट्टै २ ल्याव, आकस्मिक, बहिरङ्ग तथा भर्ना र ज्येष्ठ नागरिकको लागि गरी ३ फार्मेसी सञ्चालनमा छन्। अस्पतालमा आइसियु र वार्डको फार्मेसी व्यवस्थापन गर्ने तयारी भयरहेको उनले बताए । अस्पतालमा बिग्रेका उपकरण मर्मत तथा सुधार गरी सेवा प्रवाहमा जोड्ने गरी काम भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण