सत्तापक्षलाई एउटा र अरूलाई अर्को कानुन लाग्यो : सांसद पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सत्ताले सत्ताभित्रकालाई एउटा र अरूलाई अर्को कानुन लगाउन थालेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले सरकारको यही कार्यशैलीका कारण भ्रष्टाचार संस्थागत हुँदै गएको बताए ।
‘शासन सञ्चालनमा पक्षपात भएको छ । सहकारी ठगी प्रकरणमा ९० दिन विभिन्न जिल्ला डुलाएर अपमान गरियो तर त्यस्तै अपराधमा मुछिएका कांग्रेसका नेता उपसभापति, एमालेका सांसद उहाँका श्रीमतीलगायत थुप्रै व्यक्तिले कारबाही बेहोर्नुपरेन’, पाण्डेले भने, ‘लुम्बिनीका सांसद, कांग्रेसका मन्त्री, कांग्रेसकै कोही सांसद वासबारी छालाजुत्ता हडप्न सक्ने र कांग्रेस परिवारकै सदस्यले विना टेण्डर बालमन्दिरको जग्गा सुम्पने भयो ।’
अर्थतन्त्र ओरालो लाग्दा सरकार टुलुटुलु हेरेर बसेको तथा भ्यु टावर ठड्याउनेतिरमात्र सरकार लाग्दा राष्ट्रिय गौरवका योजना अलपत्र बनेको पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण