सुर्खेतमा राप्रपा : अब नारायणहिटी खाली गर
सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले केपी शर्मा ओली, शेरबहादुर देउवाहरूकै कारण देश बर्बाद बनेको बताएका छन्। उनीहरूकै कारण देश दुर्घटनामा जान थालेकाले बचाउनका लागि राजसंस्था अपरिहार्य रहेको उनले बताए।
मंगलबार वीरेन्द्रनगरमा आयोजित खबरदारी सभामा बोल्दै उनले भने, ‘अहिले जुन अवस्थाबाट हामी गुज्रेका छौँ, यसबाट देश बन्ने कुनै कल्पना गर्न सकिन्न । त्यसैले अब सोच्ने बेला आयो ।’
कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था आएकाले यी दलहरूकै कारण संसारकै भ्रष्ट मुलुक बनेको आरोप उनले लगाए । ३५ वर्षसम्म नबनेको देश केपी, देउवालाई अब बाँचुन्जेल जिम्मा दिए पनि बन्न नसक्ने लिङ्देनले बताए। ‘यिनीहरूले देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेका छन्,’ उनले भने, ‘अब अभिभावकका रूपमा राजसंस्था आवश्यक बन्यो ।’
यस्तै राप्रपा नेतृ कुन्ती शाहीले दलहरूलाई नारायणहिटी खाली गर्न चेतावनी दिइन् । ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतावादीलाई भन्न चाहन्छु, तिम्रो यो तन्त्रमा जनता खुसी हुन सकेनन्, देश बन्न सकेन,’ उनले भनिन्, ’जनताको मनोभावना अनुसार तपाईँहरू सच्चिनुस्, देश लुट्न जनताले छुट दिने हैन ।’
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिलेको राष्ट्रपति कांग्रेसकाे मात्र भएकोले देशको अभिभावकका रूपमा राजा आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण