महिला नेतृत्व सम्मेलन २०२५ चैतको पहिलो साता
काठमाडौँ । नेपाल उद्योग परिसंघले महिला नेतृत्व सम्मेलन २०२५ चैतको पहिलो साता आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिसंघले अन्तर्राष्ट्रिय स्तरको दोस्रो महिला नेतृत्व सम्मेलन यही चैत्र ३ गते काठमाडौँमा आयोजना गर्ने जनाएको हो ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले जानकारी दिए । सम्मेलनमा प्रविधि र इनोभेसन , वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन, बीवेण्ड बाउन्ड्रिज विषयमा सत्रगत रूपमा छलफल हुने उनको भनाई थियो ।
अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा गहन रूपमा छलफल हुने बताए ।
सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त महिलाहरूसहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताइन् । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिने महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण