जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताले चाहेसम्म रहन्छ : रक्षामन्त्री राई
मङ्गलबार, २७ फागुन २०८१, १७ : ०८
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र भएकाले जनताले चाहेको बेलासम्म रहने बताए । संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतन्त्र नसकिने बताएका हुन् ।
उनले जनताले बनाएको संविधान सकिने भन्ने नहुने बताए । उनले जनताले बनाएकै संविधानका कारण आज सर्वसाधारण मानिस राष्ट्रपति हुन पाएको उल्लेख गरे ।
रक्षामन्त्री राईले भने, ‘सकिने भन्ने कुरा होइन । जनताले बनाएको संविधान सकिने भन्ने कुरा होइन । किनभने आज सर्वसाधारण जनता पनि हिजो राजा रहेको पदमा राष्ट्रपति हुने मौका पाएको छ । महिलाले पाएको छ । मधेसीले पाएको छ । उत्पीडित जनजाति सबैले पाएको छ । यो लोकतन्त्र, गणतन्त्र अन्त्य हुने विषय भएन । कहिले पनि अन्त्य हुँदैन । जनताले बनाएको संविधान, लोकतन्त्र र गणतन्त्र हो । जनताले नचाहेसम्म केही हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण