गाजापट्टीमा इजरायली सेनाको गोली लागेर चार जनाको मृत्यु

रफाह । गाजापट्टीमा गएको २४ घण्टामा इजरायली सेनाले गरेको गोलीवारिमा चार प्यालेस्टिनीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । इजरायल र हमासबिच यस क्षेत्रमा धेरै हदसम्म प्रभावकारी युद्धविराम सम्झौता भएको बेला गोलीबारीका घटनाहरू भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।
जनवरीमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै आफ्ना सेनाको नजिक जान खोज्ने वा अनधिकृत क्षेत्रमा प्रवेश गरेका दर्जनौँ प्यालेस्टिनी नागरिकहरूको गोलीबारीबाट मृत्यु भएको इजरायली सेनाले पनि बताएको छ ।
इजरायलले गत हप्ता गाजा पट्टीमा बसोबास गर्ने २० लाखभन्दा बढी प्यालेस्टिनीहरूलाई सामान र बिजुलीको आपूर्ति रोकेको थियो ताकि चरमपन्थी समूह हमासलाई युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउन दबाब दिन सकियोस् । सम्झौताको पहिलो चरण मार्च १ मा समाप्त भएको थियो । इजरायलले स्थायी युद्धविरामको लागि वार्ता गर्न सहमत भएको बदलामा हमासले आफ्ना बाँकी रहेका आधा बन्धकहरूलाई रिहा गरोस् भन्ने चाहेको थियो । हमासले युद्धविरामको अझ कठिन दोस्रो चरणमा वार्ता सुरु गर्न चाहेको छ । यस अन्तर्गत गाजा पट्टीबाट बाँकी बन्धकहरूको रिहाइ, इजरायली सेनाको फिर्ती र दिगो शान्ति सुनिश्चित गर्न प्रयास गरिनेछ । हमासले ३५ बन्धकहरूको शवको अतिरिक्त २४ जीवित इजरायली बन्धकहरूलाई राखेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती
-
नौ महिना अन्तरिक्षमा बिताएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए
-
हेटौँडा क्याम्पसको स्ववियु सभापतिमा पुन मैनाली निर्वाचित
-
रोकियो प्लाइउड निर्यात, कस्तो पहल गरिरहेको छ वाणिज्य मन्त्रालय ?