गाजापट्टीमा इजरायली सेनाको गोली लागेर चार जनाको मृत्यु
रफाह । गाजापट्टीमा गएको २४ घण्टामा इजरायली सेनाले गरेको गोलीवारिमा चार प्यालेस्टिनीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । इजरायल र हमासबिच यस क्षेत्रमा धेरै हदसम्म प्रभावकारी युद्धविराम सम्झौता भएको बेला गोलीबारीका घटनाहरू भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।
जनवरीमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै आफ्ना सेनाको नजिक जान खोज्ने वा अनधिकृत क्षेत्रमा प्रवेश गरेका दर्जनौँ प्यालेस्टिनी नागरिकहरूको गोलीबारीबाट मृत्यु भएको इजरायली सेनाले पनि बताएको छ ।
इजरायलले गत हप्ता गाजा पट्टीमा बसोबास गर्ने २० लाखभन्दा बढी प्यालेस्टिनीहरूलाई सामान र बिजुलीको आपूर्ति रोकेको थियो ताकि चरमपन्थी समूह हमासलाई युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउन दबाब दिन सकियोस् । सम्झौताको पहिलो चरण मार्च १ मा समाप्त भएको थियो । इजरायलले स्थायी युद्धविरामको लागि वार्ता गर्न सहमत भएको बदलामा हमासले आफ्ना बाँकी रहेका आधा बन्धकहरूलाई रिहा गरोस् भन्ने चाहेको थियो । हमासले युद्धविरामको अझ कठिन दोस्रो चरणमा वार्ता सुरु गर्न चाहेको छ । यस अन्तर्गत गाजा पट्टीबाट बाँकी बन्धकहरूको रिहाइ, इजरायली सेनाको फिर्ती र दिगो शान्ति सुनिश्चित गर्न प्रयास गरिनेछ । हमासले ३५ बन्धकहरूको शवको अतिरिक्त २४ जीवित इजरायली बन्धकहरूलाई राखेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण