यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेश
काठमाडौं । टिनएजर लामिन यामल र राफिन्हा चम्किएसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । १७ वर्षीय यामलले राफिन्हाको गोल असिस्ट मात्रै गरेनन् । उनले टोलीलाई ३-१ को जित दिलाउन स्वयं गोल गरे ।
राफिन्हाले ११ औं मिनेटमा यामलकै असिस्टमा पहिलो गोल गरे । त्यसको दुई मिनेट नवित्दै पोर्चुगलको बेनिफिकाका निकोलस ओटामेंडीले गोल फर्काए । २७ औं मिनेटमा यामल स्वयंले गोल गरेर अग्रता दिलाए । पछि ४२ औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गरेर टोलीको जित सुनिश्चित गरे । दोस्रो हाफमा दुबै टोलीबाट कुनै गोल हुन सकेन भने बार्सिलोना समग्रमा ४–१ ले अघि रहँदै क्वार्टरफाइनलमा पुग्यो ।
राफिन्हाले यस सत्र अर्थात् सिजन च्याम्पियन्स लिगमा १६ गोल गर्न महत्वपूर्ण योगदान दिएका छन् । बार्सिलोनाका लागि एक सत्रमा सबैभन्दा अधिक गोल गर्ने खेलाडी लियोनल मेस्सी हुन् । उनले २०११–०१२ मा १४ गोल पाँच असिस्ट गरेका थिए । र, राफिन्हाले ११ गोल पाँच असिस्ट गरेको रेकर्ड छ । यद्यपि, राफिन्हाले बार्सिलोनाका लागि च्याम्पिन्स लिगमा कम खेलमै बढी गोल गरेको रेकर्ड बनाएका छन् । उनले १३ खेल कम खेलेर रोनाल्डिन्होसँग रेकर्ड बराबरी गरेका छन् ।
उता, यामल स्टार खेलाडी दरिएका छन् । उनी खेलको आकर्षण मात्रै ठहरिएनन्, युरोपीयन च्याम्पियनसिपमा शानदार प्रदर्शनसँगै स्पेनलाई टुर्नामेन्ट जिताउनेदेखि यस सिजन २८ गोलमा योगदान दिएका छन् । उनी राष्ट्रिय टोली र क्लब गरेर ६० गोल असिस्ट गर्ने आँकडा नजिक पुगेका छन् । उनको उमेरका हिसाबले यो अपत्याउँदो संख्या हो । १७ वर्ष २४१ दिन उमेरका उनले च्याम्पियन्स लिगमा गोल गर्ने र असिस्ट गर्ने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड समेत बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण