ट्रम्पले रोके क्यानडेली स्टिलमा लगाउने भनेको ५० प्रतिशत अतिरिक्त भन्सार महसुल

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने आउने स्टिल र अल्मुनियममाथि अतिरिक्त भन्सार महसुल दोब्बर बनाउने योजना स्थगित गरेका छन् । यी दुबै वस्तुमा महसुल ५० प्रतिशतमा पुर्याउने धम्की दिएको केही घन्टापछि नै ट्रम्प पछि हटेका हुन् ।
अहिले ती वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार महसुल लाग्दै आएको छ । मार्च १२ देखि यसलाई दोब्बर बनाउने भनिएको थियो । ट्रम्पको आक्रामक नीतिको प्रतिकारमा क्यानडाको ओन्टारियो प्रान्तले अमेरिकाको उत्तरी राज्यमा पठाउने बिजुलीमाथि २५ प्रतिशत नयाँ शुल्क लगाउने योजनालाई अहिलेका लागि थाँती राखेपछि ट्रम्प पनि केही लचिलो बनेका हुन् ।
पछिल्ला केही महिनायता अमेरिका र क्यानडाको व्यापार सम्बन्ध तनावपूर्ण बनेको छ । क्यानडा अमेरिकाको सबैभन्दा ठूलो व्यापार साझेदार हो । दोस्रो कार्यकाल सुरु गरेको पहिलो महिनामै ट्रम्पले व्यापार युद्ध सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटहरियाको नगरसभाबाट ५४ करोड बजेट पारित
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
नवप्रवर्तनको घोषणा नारामै सीमित : उद्योग मन्त्रालयको बजेट मन्त्रीको क्षेत्रमा खन्याइयो
-
एमाले जनसङ्गठन संयन्त्रको बैठक बस्दै
-
दक्षिण अफ्रिकी क्रिकेट : रङ्गको आधारमा कोटा र बबुमाले तोडेको भ्रम
-
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज