टिपर अनलोड गर्दा काठमाडौँमा करेन्ट लागेर सहचालकको मृत्यु
बुधबार, २८ फागुन २०८१, १२ : ४४
काठमाडौँ । काठमाडौँमा करेन्ट लागेर एक जना किशोरको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी लाहुरेटोल बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका १५ वर्षीय सुमन खड्काको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।
सोही नगरपालिका-७ मुलपानीबाट अमरसिङ थापा चोक जाने सडकमा बा.प्र. ०३-००१ ख १३३८ नम्बरको टिपर बालुवा अनलोड गर्ने क्रममा बिजुलीको पोलको तार सर्ट भई करेन्ट लागेर टिपरका सहचालक खड्का गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण