संसद् बैठक
निजीकरण विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत
बुधबार, २८ फागुन २०८१, १५ : ००
काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रतिपक्षी सांसदहरूले दर्ता गरेका विरोधका सूचना प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएका छन् ।
विधेयकमा प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर केसीले विरोधको सूचना दिएका थिए । ती सूचना बहुमतले अस्वीकृत भएका थिए ।
विधेयक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज अर्थमन्त्री पौडेलले ‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ विधेयक ल्याउने लागेका हुन् ।
विरोधका सूचना राख्दै सांसदहरूले राखेका धारणामाथि अर्थमन्त्री पौडेलले जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण