इसेवाबाट 'होली केयर' सार्वजनिक
बुधबार, २८ फागुन २०८१, १५ : ३४
काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले होली पर्वलाई सुरक्षित र जिम्मेवार तरिकाले मनाउन अभिप्रेरित गर्दै नयाँ बीमा योजना 'होली केयर' सार्वजनिक गरेको छ । मात्र १० रुपैयाँमा उपलब्ध यो बीमा योजनाले एक हप्ता सम्मको लागि दुर्घटना बीमा र अस्पताल खर्च सुरक्षा प्रदान गर्दछ।
यस योजनाले होलीमा हुन सक्ने आकस्मिक घटनालाई मध्यनजर गर्दै सुरक्षित र चिन्तामुक्त तवरले पर्व मनाउन सहयोग गर्ने उद्देश्य राखेको छ । इसेवा र हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा ल्याइएको यो बीमा योजनाले डिजिटल प्रविधिको माध्यमबाट सहज रूपमा खरिद गर्न सकिनेछ । यो सेवा इसेवा एप मार्फत लिन सकिनेछ ।
होली पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउन इसेवा सबैलाई सचेत रहन आग्रह गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण