माओवादीमा लागेको रोगको उपचार गर्ने ठाउँ नभएकाले फेरि जनतामा आयौँ : प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेको रोग माओवादीमा पनि लागेकाले उपचारका लागि जनतामा गएको बताएका छन् । बुधबार बुटवलमा आयोजित मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीमा लागेको रोगको उपचार गर्न आफू जनताबिच गएको बताएका हुन् ।
कांग्रेस र एमालेसँग समीकरण गर्दा उनीहरूको रोग अलिअलि हामीमा पनि सर्यो । जनयुद्धमा जस्तो जनताको एजेण्डा छोड्दै जाँदा माओवादी कमजोर भयो । यो रोगबाट कसरी मुक्ति पाउने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा भयो’, उनले भने, ‘यो रोग अब कुनै हस्पिटलको डाक्टरसँग उपचार गरेर हुँदैन । अब रोग हटाउने कुनै उपाय छैन । यो रोगबाट मुक्त हुन श्रमजीवी जनतामा गएर मात्र सम्भव छ भन्ने निष्कर्ष निकाल्यो । त्यसपछि फेरि हामी जनतामा गयौँ । अहिले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित अभियान चलाइ राखेका छौँ ।’
अहिलेको सरकार राम्रो गर्नेलाई देखि नसक्ने । आफ्ना मान्छे जतिसुकै भ्रष्टाचारी भए पनि संरक्षण गर्ने गरेको आरोप उनले लगाए । यस्तै जनताको बलले मिल्किसकेको प्रतिगामी शक्तिले फेरि सडकमा देखिएकाले काठमाडौँबाट चुनौती दिन केही दिनका लागि अभियान स्थगित गरेको प्रचण्डले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण