त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमाले र एकीकृत समाजवादीका विद्यार्थीबीच तालमेल हुने भएको छ । आसन्न स्ववियु निर्वाचनलाई लिएर अनेरास्ववियु र अनेरास्ववियूबिच तालमेल गर्ने सहमति भएको हो ।
अनेरास्ववियु केन्द्रीय सदस्य एवम् त्रिवि इन्चार्ज प्रशान्त भण्डारी र अनेरास्ववियू त्रिवि अध्यक्ष समिर गौतमबिच स्ववियु निर्वाचनमा संयुक्त ढंगबाट अगाडि बढ्ने सहमति गरेका हुन् ।
स्ववियुलाई प्रगतिशील तरिकाले सञ्चालन गर्दै अझ प्रभावकारी बनाउन सकिने ठहर गर्दै संयुक्त ढंगबाट अगाढि बढ्न सहमति गरिएको अनेरास्ववियु त्रिवि इन्चार्ज भण्डारीले बताए ।
दुवै संगठनले तालमेल सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै केन्द्रीय क्याम्पसमा संयुक्त ढंगले अगाडि बढ्ने सहमति गरिएको उनको भनाइ छ ।
जसमा संयुक्त ढंगबाट निर्वाचनमा भाग लिने र विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीलाई विजयी गराउन समेत अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण