प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
बुधबार, २८ फागुन २०८१, २० : १४

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ ।
प्राधिकरण सञ्चालक समितिको मंगलबार बसेको बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा इजलास सञ्चालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।
यसैगरी, प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सुची र निर्णयहरू प्राधिकरणको वेबसाइटमा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व मुख्यसचिव गौतमको निधन
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप
-
कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
-
माओवादी नेताहरूलाई प्रश्न : टीआरसीसँग कुलमान सौदाबाजी हो ?