नक्कली डीएसपी परे प्रहरीको फन्दामा
बुधबार, २८ फागुन २०८१, २० : ४०
काठमाडौँ । नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-४ घर भई हाल काठमाडौँ महानगरपालिका-३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले आफू नेपाल प्रहरीको रिटायर्ड डीएसपी भएको, ईन्टरपोल सम्बन्धी काम गर्दै आएको तथा विभिन्न देशका उच्चपदस्थ मानिसहरूसँग निकट सम्बन्धसमेत रहेकोले भनेजस्तो देशमा पठाइदिने लगायतका आश्वासन दिई ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेका थिए । प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा श्रेष्ठको संलग्नता खुल्न आएकोले उनलाई पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई श्रेष्ठमाथि सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण