काठमाडौँको १९ ठाउँमा होली सम्बन्धी कार्यक्रम
काठमाडौँ । काठमाडौँका १९ ठाउँमा रङको पर्व ‘होली’ सम्बन्धी कार्यक्रमहरू भइरहेका छन् । वसन्तपुर, दरबारमार्ग, ठमेल, मारवाडी सेवा समितिको कार्यालय र बानेश्वर चोक लगायतका स्थानमा होली सम्बन्धी कार्यक्रमहरू भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर विभिन्न संघसंस्थाहरुले होली लक्षित कार्यक्रम आयोजना गरेका हुन् । काठमाडौँ जिल्लामा होलीको समयमा हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न २ हजार ३५ जना प्रहरी परिचालन गरिएको छ । काठमाडौँमा ६ सय ७१ जना ट्राफिक प्रहरी चेकजाँचमा खटिएका छन् ।
काठमाडौँ जिल्लाको ६१ ठाउँमा डेडिकेटेड चेकप्वाइन्ट राखिएको एसपी बोहराले बताए । जिल्लाभर ६० वटा मोटरसाइकलमार्फत प्रहरीको ‘क्यूआरटी’ टोली सुरक्षामा परिचालन गरिएको छ ।
अवाञ्छित गतिविधि नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी पनि परिचालन गरिएको एसपी बोहराले जानकारी दिए । काठमाडौँ जिल्लामा स्थानीय प्रहरी र ट्राफिक समेत कुल २ हजार ७०६ जना सुरक्षाकर्मी चेकजाँचमा खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण