आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
काठमाडौँ । चैत ५ गते हुन गइरहेको स्वतन विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका स्ववियु सभापतिका उम्मेदवार समिर कुमार शाहीले उम्मेदवारी फिर्ता लिएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी) मुगुका सचिव समेत रहेका उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । आरआरमा क्रान्तिकारीका आधिकारिक उम्मेदवार संगम लामा उम्मेदवार रहेका छन् । शाहीले स्वतन्त्र रुपमा सभापतिका लागि उम्मेदवारी दिएका थिए । तर आफूले लामालाई समर्थन नगरेको दाबी गरेका छन् ।
‘मैले स्वतन्त्र रुपमा सभापतिमा उम्मेदवारी दिएको थिएँ । स्वविवेकले मैले आज उम्मेदवारी फिर्ता लिएको हो । कुनै उम्मेदवारलाई पनि समर्थन गरेको छैन’, रातोपाटीसँग उनले भने ।
स्ववियु निर्वाचनका लागि आर.आर.मा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूबिच तालमेल गरेका छन् । माओवादी केन्द्र निकट क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी निकट विद्यार्थी संगठनबिच तालमेल भएको छ । यस्तै कांग्रेस निकट नेविसंघ र राप्रपा निकट प्ररावियुसंगठनबिच चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण