आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत

काठमाडौँ । चैत ५ गते हुन गइरहेको स्वतन विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका स्ववियु सभापतिका उम्मेदवार समिर कुमार शाहीले उम्मेदवारी फिर्ता लिएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी) मुगुका सचिव समेत रहेका उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । आरआरमा क्रान्तिकारीका आधिकारिक उम्मेदवार संगम लामा उम्मेदवार रहेका छन् । शाहीले स्वतन्त्र रुपमा सभापतिका लागि उम्मेदवारी दिएका थिए । तर आफूले लामालाई समर्थन नगरेको दाबी गरेका छन् ।
‘मैले स्वतन्त्र रुपमा सभापतिमा उम्मेदवारी दिएको थिएँ । स्वविवेकले मैले आज उम्मेदवारी फिर्ता लिएको हो । कुनै उम्मेदवारलाई पनि समर्थन गरेको छैन’, रातोपाटीसँग उनले भने ।
स्ववियु निर्वाचनका लागि आर.आर.मा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूबिच तालमेल गरेका छन् । माओवादी केन्द्र निकट क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी निकट विद्यार्थी संगठनबिच तालमेल भएको छ । यस्तै कांग्रेस निकट नेविसंघ र राप्रपा निकट प्ररावियुसंगठनबिच चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको सहमतिमा संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता