राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार
तेहरान । तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको विरोधमा इरानले बिहीबार बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञलाई सोधपुछका लागि पत्राचार गरेको छ ।
संयुक्त राज्य अमेरिकाको एकपक्षीय दृष्टिकोणअनुरूप भएको यो बैठकलाई ‘उत्तेजक र राजनीतिक’ पूर्वाग्रहबाट आएको धारणा भन्दै विज्ञप्तिमा बैठकको ‘कुनै प्राविधिक वा कानूनी औचित्य’ नभएको उल्लेख गरिएको छ ।
इरानको आणविक कार्यक्रमसम्बन्धी बुधबारको बैठकमा अमेरिकी मिसनले ‘निर्लज्ज व्यवहार’ गरेको आरोप लगाएको थियो । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको पछिल्लो प्रतिवेदनलाई लिएर परिषद्का केही सदस्यराष्ट्रले बैठकका लागि अनुरोध गरेका थिए ।
इरानले आफ्नो अत्यधिक सम्वद्र्धित युरेनियमको भण्डार ६० प्रतिशत शुद्धतामा वृद्धि गरेको छ, जुन आणविक बमका लागि आवश्यक ९० प्रतिशत को हाराहारीमा छ ।
इरानको विदेश मन्त्रालयले भनेको छ, ‘संयुक्त राज्य अमेरिकासँग उनीहरूको संलग्नताको विरोधमा र इरानको शान्तिपूर्ण आणविक कार्यक्रमबारे प्रत्यक्ष सोधपुछका लागि तीनै जना कूटनीतिक प्रतिनिधिलाई परराष्ट्र मन्त्रालयमा बोलाइएको छ।’
सन् २०१५ मा इरानले बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र संयुक्त राज्य अमेरिकासँग आफ्नो आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौता गरेको थियो। सन् २०१८ मा ह्वाइट हाउसको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानसँगको सम्झौताबाट पछि हटेका थिए र पुनः कडा प्रतिबन्ध लगाएका थिए ।
गत जनवरीमा ह्वाइट हाउस फर्केपछि राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गरेका छन् तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्ध जारी रहन्छ तबसम्म त्यस्तो सम्झौता सम्भव नभएको बताएको छ ।
चीनले रुस र इरानसँग यसै साताको अन्त्यमा त्रिपक्षीय आणविक वार्ता गर्ने बुधबार जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण