ग्रिनल्याण्ड कब्जा गर्ने कुरामा फेरि के भन्दैछन् ट्रम्प ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहोर्याएर ह्वाइट हाउस छिरेदेखि नै ग्रिनल्यान्ड कब्जा गर्ने कुरा गरिरहेका छन् । हालै एउटा पत्रकार सम्मेलनमा ग्रिनल्याण्ड कब्जा गर्ने बारेमा ट्रम्पलाई प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले ‘मलाई लाग्छ कि यस्तै हुनेछ ।’ भनेर भनेका थिए ।
‘म यस्तै सोचिरहेको छु । मैले यो विषयमा धेरै सोचेको छैन । तर म जुन व्यक्तिसँग बसिरहेको छु, उसले यस विषयमा धेरै प्रभावकारी भूमिका खेल्न सक्छ ।’ उनले भने । राष्ट्रपति ट्रम्प नेटो महासचिव मार्क रुटसँगै बसेका थिए ।
‘मार्क, तपाईँलाई थाहा छ हामीले अन्तर्राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यो गर्न आवश्यक छ । हाम्रा धेरै सहयोगीहरू तट वरिपरि घुमिरहेका छन् । हामी होसियार हुनुपर्छ । हामी यसबारे तपाईँसँग कुरा गर्नेछौँ ।’ ट्रम्पले भने ।
ग्रिनल्याण्ड उत्तरी अमेरिकाबाट युरोप जाने सबैभन्दा छोटो बाटोमा रहेको विश्वको सबैभन्दा ठुलो टापु हो । यो अमेरिकाको सबैभन्दा ठुलो अन्तरिक्ष सुविधाको केन्द्र पनि हो । अमेरिकाले लामो समयदेखि ग्रिनल्याण्डलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मान्दै आएको छ । यति मात्रै होइन, यहाँ विश्वका धेरै दुर्लभ खनिजहरूको ठुलो भण्डार पनि छ । यी खनिज ब्याट्री र उच्च–प्रविधियुक्त उपकरणहरू बनाउन प्रयोग हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज