विमानलाई पहाडको नजिकै लगेपछि पाइलट निलम्बित
काठमाडौँ । पहाडको नजिकै लगेर विमान उडाएको आरोपमा पाइलटलाई निलम्बन गरिएको छ । बेलायतबाट इजिप्टका लागि उडेको विमान एउटा पहाडको नजिकै उडेको पाइएपछि पाइलटलाई यस्तो कारबाही गरिएको हो ।
इजीजेट एयरलाइन्सको उक्त विमानलाई पाइलट पल एल्सवर्थले उडाएका थिए । उक्त घटना फेब्रुअरी २ मा भएको बताइएको छ ।
एयरबस ३२० इजिप्टको विमानस्थलमा अवतरण गर्न लाग्दा ककपिटमा ग्राउन्ड प्राक्सिमिटी वार्निङ सिस्टम सक्रिय भएको बताइएको छ, जो एउटा सुरक्षा फिचर हो । त्यसपछि विमानलाई उचाइमा लगेर सम्भावित दुर्घटना टारिएको थियो ।
अधिकारीहरूका अनुसार पहाडको नजिक पुगेका कारण विमानको सुरक्षा फिचर एक्टिभ भएको थियो । प्रारम्भिक अनुसन्धान अनुसार विमान ३ हजार १०० मिटरको उचाइमा उडिरहेको भए पनि पहाडको टुप्पोबाट ७७१ फिटमात्र माथि थियो । सामान्यतया उक्त पर्वत शृङ्खलामा विमानलाई ६००० फिटको उचाइमा उडाउनु पर्दथ्यो ।
सेक्युरिटी फिचर एक्टिभ हुनुअघि विमान प्रतिमिनेट ४ हजार ९२८ फिटको दरमा तल झरिरहेको अनुसन्धानबाट पत्ता लागेको छ ।
यसबारेमा पाइलट पल एल्सवर्थले नै जानकारी गराएको बताइएको छ । त्यसपछि उनलाई उक्त विमान बेलायत फर्कने उडानको नेतृत्व गर्नबाट रोकिएको थियो भने एक यात्रीका रूपमा उनी बेलायत फर्किएको बताइएको छ ।
पाइलटलाई निलम्बन गरी थप छानबिन भइरहेको अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण