आईपीएल : अक्षर पटेल बने दिल्लीका नयाँ कप्तान
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइजी दिल्ली क्यापिटल्सले नयाँ सिजनका लागि कप्तान घोषणा गरेको छ । टोलीले स्टार अलराउन्डर अक्षर पटेललाई नयाँ कप्तान बनाएको हो । उनी गत सिजन टोलीका उपकप्तान रहेका थिए ।
अक्षर सन् २०१९ देखि दिल्लीबाट खेलिरहेका छन् । अक्षरलाई मेगा अक्सनमा १६.५ करोड भारतीय रुपैयाँमा दिल्लीले रिटेन गरेको थियो ।
उनले हालसम्म १५० खेलमा २१.४७ को औसत र १३०.८८ को स्ट्राइक रेटले १ हजार ६५३ रन बनाएका छन् । यसमा ३ अर्धशतक सामेल छ ।
बलरका रूपमा उनले ७.२८ को इकोनोमी रेटसहित १२३ विकेट लिएका छन् । यसमा २१ रन खर्चेर ४ विकेट लिनु उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । यसै वर्ष घरेलु मैदानमा इंग्ल्याण्डलाई टी–२० शृङ्खलामा ४–१ हराउँदा उनी भारतीय टोलीका उपकप्तान थिए ।
दिल्लीले आफ्नो पहिलो खेल मार्च २४ मा विशाखापटनममा लखनऊ सुपर जायन्ट्सविरुद्ध खेल्नेछ । टोलीले रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाब किंग्ससँगै एक पनि आईपील उपाधि जित्न सकेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण