आईपीएलमा कमिन्समात्र एक्लो विदेशी कप्तान
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मार्च २२ देखि सुरु हुँदैछ । सबै टोलीले आगामी सिजनको लागि तयारी गरिसकेका छन्। दिल्ली क्यापिटल्सले बिहीबार आफ्नो नयाँ कप्तानको घोषणा गर्यो । यो जिम्मेवारी अक्षर पटेललाई दिइएको छ।
योसँगै अब प्याट कमिन्स आईपीएल २०२५ मा कप्तानी गर्ने एक मात्र विदेशी कप्तान बनेका छन् । बाँकी ९ टोलीले भारतीय खेलाडीहरूलाई आफ्नो कप्तान बनाएका छन्। कमिन्सले सनराइजर्स हैदरावादको कप्तानी सम्हाल्नेछन्। फ्रेन्चाइजले उनलाई गतवर्ष मात्र जिम्मेवारी दिएको थियो। उनले आफ्नो उत्कृष्ट कप्तानीबाट धेरै प्रभावित पारे र गत सिजन आफ्नो टोलीलाई फाइनलमा पुर्याए।
यद्यपि, फाइनल खेलमा कोलकाता नाइट राइडर्ससँग टोली पराजित भयो । यसपटक पनि हैदराबादले प्याट कमिन्समाथि विश्वास व्यक्त गर्दै उनलाई कप्तानीको जिम्मेवारी दिएको छ। पाँच पटकको विजेता मुम्बई इन्डियन्सको जिम्मेवारी हार्दिक पाण्ड्याले सम्हाल्नेछन्। जबकि चेन्नाई सुपरकिंग्सको कमान रुतुराज गायकवाडको हातमा छ।
राजस्थान रोयल्सले फेरि एक पटक संजु स्यामसनमाथि विश्वास व्यक्त गरेको छ भने पञ्जाब किंग्सले श्रेयस अय्यरलाई आफ्नो नयाँ कप्तान बनाएको छ। कोलकाताले यो जिम्मेवारी अजिंक्य रहाणेलाई दिएको छ भने गुजरातले यो जिम्मेवारी शुभमन गिललाई दिएको छ।
लखनऊ सुपर जायन्ट्सले ऋषभ पन्तलाई नयाँ कप्तान बनाएको छ। दिल्लीले अक्षर पटेललाई जिम्मेवारी दिँदा रोयल च्यालेन्जर्स बैंगलोरले रजत पाटीदारलाई आफ्नो नयाँ कप्तान बनाएको छ।
यस्तो छ कप्तानहरूको सूची
कोलकाता नाइट राइडर्स- अजिंक्य रहाणे
रोयल च्यालेन्जर्स बैंगलोर- रजत पाटीदार
सनराइजर्स हैदराबाद- प्याट कमिन्स
राजस्थान रोयल्स- सञ्जु स्यामसन
चेन्नई सुपर किंग्स- ऋतुराज गायकवाड
मुम्बई इन्डियन्स- हार्दिक पाण्ड्या
दिल्ली क्यापिटल्स- अक्षर पटेल
लखनऊ सुपर जायन्ट्स- ऋषभ पन्त
गुजरात टाइटन्स- शुभमन गिल
पञ्जाब किंग्स- श्रेयस अय्यर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण