बिपाशासँगको ब्रेकअपबारे के भन्छन् डिनो ?
मुम्बई । सन् २००२ को फिल्म ‘राज’ का कारण बिपाशा बसु र डिनो मोरियाको जोडीलाई अझै पनि सम्झिने गरिन्छ । यो फिल्मले आफ्नो कथा र गीतले मानिसहरूको मन मात्र जितेन, दुईको उत्कृष्ट जोडी पनि समाचारमा रह्यो।
तर ‘राज’ को छायांकनको क्रममा दुवैको व्यक्तिगत जीवनमा धेरै उतारचढाव आए । पिंकभिल्लासँग कुरा गर्दै डिनोले यस फिल्मको क्रममा उनको र बिपाशाको ब्रेकअप भइरहेको थियो, जुन उनीहरू दुवैलाई सम्हाल्न सजिलो थिएन।
डिनोका अनुसार ‘राज’ को छायांकनको क्रममा बिपाशासँगको उनको सम्बन्ध बिग्रँदै थियो र यो ब्रेकअपको प्रभाव बिपाशामा स्पष्ट देखिन्थ्यो। उनले भने, ‘हामी फिल्मको छायांकन गर्दा ब्रेकअपबाट गुज्रिरहेका थियौँ। केही कुराहरू ठिक नभएकोले मैले आफैँले यो सम्बन्ध तोड्ने निर्णय गरेँ। यो बिपाशाको लागि धेरै कठिन समय थियो र मैले सेटमा हरेक दिन उनको उदास अनुहार देख्नु पर्थ्यो। यो मेरो लागि पनि सजिलो थिएन।’
दुवैले आफ्नो सम्बन्ध बचाउन सक्दो प्रयास गरे, तर कुरा उनीहरूको हातबाट बाहिर गइसकेको थियो। डिनोले भने, ‘हामीले आ–आफ्नो छुट्टाछुट्टै बाटो रोजेका थियौँ। हामीले यो सम्बन्धलाई सम्हाल्ने प्रयास पनि गर्यौँ, तर केही पनि ठिक भइरहेको थिएन। अन्ततः मैले सोचेँ कि अगाडि बढ्नु राम्रो हुनेछ।’
डिनोका अनुसार, ‘त्यसबेला सबै कुरा गाह्रो देखिन्छ, तर समयसँगै सबै कुरा ठिकठाक हुन्छ भन्ने कुरामा सधैँ विश्वास गर्नुपर्छ। सबै कुरा समयको भरमा छोड्नुपर्छ।’
समय बित्दै जाँदा उनीहरू बिचको तितोपना कम भयो र उनीहरू दुवै असल साथी बने। उनी भन्छन्, ‘त्यो क्षण धेरै गाह्रो थियो, भावना र क्रोधले भरिएको थियो, तर बिस्तारै मैले महसुस गरेँ कि त्यो केवल एक समय थियो। अब हामी दुवैले एकअर्काको साथको आनन्द लिन्छौँ । हामीले सोच्यौँ कि कम्तीमा हामी हाम्रो मित्रता कायम राख्न सक्छौँ।’
डिनो मोरिया र बिपाशा बसु पहिलो पटक एक आपसी साथी मार्फत ब्लाइन्ड डेटमा भेटेका थिए। यो सम्बन्ध १९९६ देखि २००१ सम्म रह्यो तर ‘राज’ को छायांकनको क्रममा दुई जना अलग भए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण