ललितको फाइफर, रोमाञ्चक खेलमा पुलिस २ विकेटले विजयी
लमही । पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी क्लब (एपीएफ) माथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ । शुक्रबार भएको खेलमा एपीएफले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रनको योगदान दिए । उनले ५७ बलमा २ छक्का प्रहार गरे ।
अर्जुन साउदले ११ रन तथा रासिद खानले १० रन बनाए । गुल्सन झाले नटआउट रहँदै १२ रन बनाएर टोलीलाई जित दिलाए । एपीएफका लागि भुवन कार्कीले ७ ओभर बलिङ गर्दै ३३ रन खर्चेर ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २–२ विकेट तथा कमल ऐरीले १ विकेट हात पारे । यसअघि, ललित राजवंशीले घातक बलिङ गरेपछि एपीएफ २७.४ ओभरमा ९४ रनमा समेटिएको थियो ।
राजवंशीले ७.४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर ६ विकेट लिएका थिए । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ रनको योगदान दिए । उनले २९ बलमा ४ चौका हिर्काए । त्यस्तै, लोकेश बमले २४ बलमा २२ रन जोडे । उनले ३ छक्का प्रहार गरे । आशिफ शेख र अमर रौटेलाले समान १०–१० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपाल पुलिस क्लबका लागि सागर ढकाल, करन केसी, गुल्सन झा र कुशल भुर्तेलले १–१ विकेट लिए । नेपाल पुलिस क्लबको यो लगातार तेस्रो जित हो भने एपीएफको यो पहिलो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण