शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
समाचार

वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)

शुक्रबार, ०१ चैत २०८१, २१ : ५३
शुक्रबार, ०१ चैत २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण बिहीबार साँझ काठमाडौँमा हल्का वर्षा भयो भने बुधबार पनि हावाहुरीसहित सामान्य वर्षा भएको थियो । 

लामो समयदेखि वर्षा नहुँदा तुवाँलोले ढाकिएको काठमाडौँको मौसम शुक्रबारदेखि खुलेको छ । काठमाडौँमा तुवाँलो खासै देखिएको छैन भने वायु प्रदूषणको स्थितिमा पनि सुधार आएको छ । 

वायु प्रदूषणको स्तर मापन गर्ने वेबसाइट आईक्यू एयरका अनुसार शुक्रबार दिउँसो सवा २ बजे काठमाडौँ वायु प्रदूषण हुने सहरको सूचीमा ६८ औँ नम्बरमा छ । जसअनुसार वायुको गुणस्तर ५४ एक्युआई रहेको छ । जुन वायुको गुणस्तर मध्यम हो । ० देखि ५० एक्युआईसम्मको वायु गुणस्तर राम्राे हुनेमा अहिले काठमाडौँको ५४ एक्युआई रहेको हो ।

केही साताअघि काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा समेत रहेको थियो । अहिले विश्वकै सर्वाधिक प्रदूषित सहरको सूचीमा भने इजिप्टको कायरो रहेको छ । 

8b8d1e7e-0017-431d-9158-8006c798835c

IMG_8095_copy_1920x1280IMG_20250314_152516_copy_1920x1280IMG_20250314_152544_copy_1920x1280singhadurbar

2a0a280f-3525-4e38-8977-b34abffbc14073a29c10-919e-4cfb-8e7d-2a6ac985416f393a3ef8-567b-412e-a0fc-a0c96f33ebdf948da946-4517-40e9-88bb-2323896ad5046871a661-aece-4d15-b5ff-f5c2c7090d93e36ce241-9eaa-4d90-b23a-d46639f4872ef405ba69-794e-439e-95b6-b34689f19ab1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप