नेविसंघद्वारा स्ववियु निर्वाचन घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमार्फत नेविसंघले ‘स्पार्क’ प्याकेजसहित निर्वाचनमा सहभागी हुने घोषणा गरेको हो ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत नेविसंघले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा विद्यार्थी जीवनसँग सम्बन्धित समस्याहरूको समाधान र नीतिगत सुधारका निम्ति कार्ययोजनाहरू समेटिएका छन् ।
नेविसंघले त्रिविलाई नयाँ पुस्ताको नेतृत्व र पारदर्शितासहितको आधुनिक शैक्षिक संस्थान बनाउन विभिन्न रणनीतिक योजना कार्यान्वयन गराउने प्रतिबद्धता जनाएको छ । जसमा डिजिटल शासन, नियुक्ति सुधार, शिक्षामुखी विद्यार्थी राजनीति, नेतृत्व विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएको हो ।
यस्तै विद्यार्थीको सामुहिक हित विपरित कुनै पनि र व्यक्तित स्वार्थका निमिक्त सम्झौता नगर्ने प्रतिबद्धता पनि नेविसंघले गरेको छ । त्यस्तै कुनै पनि दुव्र्यवहार, सामाजिक असंगती लगायतका गतिविधि, सरकारी तथा क्याम्पसको सम्पत्तिको दुरुपयोग र अनैतिक हिसावले हुने चन्दा असुली नगर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै आफ्नो अधिकार क्षेत्र बाहिर गई व्यक्तिगत स्वार्थका लागि क्याम्पस र त्रिवि प्रशासनलाई अनुचित दबाब नदिने समेत प्रतिबद्धता जनाएको छ । विद्यार्थीको नियमित पठनपाठनलाई असर गर्नेगरी तालाबन्दी, तोडफोड र अनैतिक क्रियापकलाप समेत नगर्ने प्रतिबद्धता जनाएको छ ।
नेविसंघ प्रवक्ता सुरज सेजुवालका अनुसार व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्न विभिन्न १४ वटा उपसमितिहरू गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण