‘'कम्युनिस्ट' भनेर कार्यकर्तालाई ठग्ने, 'समाजवादी' भनेर जनतालाई ठग्ने ?’
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिस्ट पार्टीहरूले आफूलाई समाजवादी मोर्चा भनेकोमा आपत्ति प्रकट गरेका छन् । 'कम्युनिस्ट' हरूको मात्र मोर्चा भएपछि त्यसलाई 'कम्युनिस्ट मोर्चा' भन्नुपर्ने उनको जिकिर छ ।
‘कि 'कम्युनिस्ट' भनेर कार्यकर्तालाई ठग्ने, अनि 'समाजवादी' भनेर जनतालाई ठग्ने दोहोरो चाल हो? यसरी दुईवटा डुंगामा खुट्टा राखेर कता पुगिएला?,’ सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन् । यो भयंकर वैचारिक र नैतिक विचलन भएको उनको ठहर छ ।
उनले लेखेका छन् :
केही पुराना 'कम्युनिस्ट' घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफूलाई 'समाजवादी मोर्चा' भन्ने गरेका छन्। 'कम्युनिस्ट' हरूको मात्र मोर्चा भएपछि त्यसलाई 'कम्युनिस्ट मोर्चा' भने भइहाल्थ्यो। यदि 'कम्युनिस्ट' भन्न लाज लागेको भए र 'समाजवादी' भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै 'समाजवादी' राखे भइहाल्थ्यो!
कि 'कम्युनिस्ट' भनेर कार्यकर्तालाई ठग्ने, अनि 'समाजवादी' भनेर जनतालाई ठग्ने दोहोरो चाल हो? यसरी दुई वटा डुंगामा खुट्टा राखेर कता पुगिएला?
यो भयंकर वैचारिक र नैतिक विचलन हो। यसको सट्टा विगतका कम्युनिस्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकता अनुरूप उत्तर-पुँजीवादी र उत्तर-साम्यवादी वैचारिक-राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण