युक्रेनी सैनिकलाई जीवनदान दिन पुटिनसँग ट्रम्पको आग्रह
वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सैनिकलाई जीवनदान दिन रुसी समकक्षी भ्लादिमिर पुटिनसमक्ष आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्तामा यस्तो आग्रह गरेका हुन् । पुटिनसँग भएको कुराकानीबारे ट्रम्पले नै जानकारी दिएका हुन् ।
ट्रम्पले रुस र युक्रेनबिचको युद्ध अन्त्य हुने सम्भावना निकै सकारात्मक अवस्थामा पुगेको पनि बताएका छन् । उनले पुटिनलाई रुसी सेनाद्वारा घेराबन्दीमा परेका युक्रेनी सैनिकको जीवनदानका लागि आफूले आग्रह गरेको पनि बताएका छन् ।
यसअघि रुसी राष्ट्रपति पुटिनले पनि युद्धविरामका लागि आफू सकारात्मक रहेको तर आफ्नो चिन्ताको समाधान हुनुपर्नेमा जोड दिएका थिए । उनले भनेका थिए, ‘युक्रेनसँग युद्धविरामका लागि अमेरिकी प्रस्तावमा हामी सहमत छौँ तर युद्धविरामबाट स्थायी शान्ति हुनुपर्दछ । यो संकटको जरोलाई हटाइनुपर्छ भन्ने हामी चाहन्छौँ ।’
सामाजिक सञ्जाल ‘ट्रुथ’मा पोस्ट गर्दै ट्रम्पले पुटिनसँग भएको वार्ता निकै उत्साहप्रद रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण