युक्रेनी सैनिकलाई जीवनदान दिन पुटिनसँग ट्रम्पको आग्रह

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सैनिकलाई जीवनदान दिन रुसी समकक्षी भ्लादिमिर पुटिनसमक्ष आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्तामा यस्तो आग्रह गरेका हुन् । पुटिनसँग भएको कुराकानीबारे ट्रम्पले नै जानकारी दिएका हुन् ।
ट्रम्पले रुस र युक्रेनबिचको युद्ध अन्त्य हुने सम्भावना निकै सकारात्मक अवस्थामा पुगेको पनि बताएका छन् । उनले पुटिनलाई रुसी सेनाद्वारा घेराबन्दीमा परेका युक्रेनी सैनिकको जीवनदानका लागि आफूले आग्रह गरेको पनि बताएका छन् ।
यसअघि रुसी राष्ट्रपति पुटिनले पनि युद्धविरामका लागि आफू सकारात्मक रहेको तर आफ्नो चिन्ताको समाधान हुनुपर्नेमा जोड दिएका थिए । उनले भनेका थिए, ‘युक्रेनसँग युद्धविरामका लागि अमेरिकी प्रस्तावमा हामी सहमत छौँ तर युद्धविरामबाट स्थायी शान्ति हुनुपर्दछ । यो संकटको जरोलाई हटाइनुपर्छ भन्ने हामी चाहन्छौँ ।’
सामाजिक सञ्जाल ‘ट्रुथ’मा पोस्ट गर्दै ट्रम्पले पुटिनसँग भएको वार्ता निकै उत्साहप्रद रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान
-
एमालेले संसद् खुलाउन चाहेको छैन : सांसद रेखा शर्मा
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
खानेपानी मन्त्रालयको बजेटमा हर्क साम्पाङको माग पनि सम्बोधन, कहाँ कति पर्यो आयोजना ?
-
प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्किने
-
पुँजीगत खर्चमा सुस्तता कायमै, असारमा मात्रै ८ अर्ब खर्चको अनुमान