१७ महिनापछि ब्राजिलियन टोलीमा फर्कन लागेका नेयमार फेरि घाइते, एन्ड्रिकलाई बोलाइयो
काठमाडौँ । घाइते भएपछि यो महिना हुने विश्वकप छनोट खेलका लागि नेयमारको स्थानमा रियल मड्रिडका युवा फरवार्ड एन्ड्रिकलाई ब्राजिलको राष्ट्रिय टोलीमा समावेश गरिएको छ । सान्तोषका फरवार्डको मांशपेशीमा चोट लागेको छ ।
सन् २०२३ को अक्टोबरमा उरुग्वेविरुद्धको खेलमा घुँडामा चोट लागे यता नेयमारले राष्ट्रिय टोलीबाट कुनै खेल खेलेका छैनन् । १७ महिनापछि उनलाई पुनः टोलीमा समावेश गरिएको थियो ।
यद्यपि, ३३ वर्षीय खेलाडी पुनः चोटग्रस्त बनेपछि उनले कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेल गुमाउने भएका छन् । ‘पुनरागमन निकै निकट थियो तर हालका लागि मैले विश्वको सबैभन्दा महत्त्वपूर्ण जर्सी तत्कालका लागि पहिरन पाउने छैन,’ नेयमारले इन्सटाग्राममा लेखेका छन् ।
साउदी प्रो लिग टोली अल हिलालमा कठिन समय बिताएपछि उनी गत जनवरीमा आफ्नो बाल्यकालको टोली सान्तोषमा फर्किएका थिए । उनले टोलीका लागि ७ खेलमा ३ गोल गर्नुका साथै ३ वटा गोलको अवसर सिर्जना गरेका छन् ।
नेयमारले ब्राजिलका लागि १ सय २८ खेल खेलेका छन् । उनीभन्दा काफु (१४२ खेल) ले मात्र राष्ट्रिय टोलीका लागि धेरै खेल खेलेका छन् ।
नेयमार राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन् । उनले टोलीका लागि ७९ गोल गरेका छन्, जुन पेलेको गोल संख्याभन्दा २ गोलले बढी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण