आत्मसमर्पण गर्ने युक्रेनी सेनालाई मारिँदैन : पुटिन
मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले कुर्स्क क्षेत्रबाट फिर्ता बोलाइरहेका युक्रेनी सेनालाई रिहा गर्न आग्रह गरेका थिए । पुटिनले अब यसको जवाफ दिएका छन् ।
युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरे भने आफूले ट्रम्पको अनुरोधको सम्मान गर्ने पुटिनले भनेका छन् । समाचार एजेन्सी रोयटर्सले आफ्नो रिपोर्टमा पुटिनलाई उद्धृत गर्दै भनेको छ- ‘यदि उनीहरूले आत्मसमर्पण गरे भने, हामी उनीहरूको जीवन बचाउने ग्यारेन्टी दिन्छौँ । उनीहरूलाई अन्तरराष्ट्रिय कानुन र रूसी संघको कानुनअनुसार जीवन र उचित व्यवहारको ग्यारेन्टी गरिनेछ ।’ ट्रम्पले शुक्रबार एकदिन अघि पुटिनसँगको लामो सकारात्मक छलफल पछि रूस र युक्रेन बीचको युद्ध समाप्त हुने सम्भावना निकै राम्रो भएको भनेका थिए ।
यसैबिच पूर्व राष्ट्रपति तथा रूसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले सामाजिक सञ्जालमा पोस्ट गरेर युक्रेनी सैनिकहरूले आफ्ना हतियार राख्न अस्वीकार गरे भने तिनीहरू सबैलाई व्यवस्थित र निर्दयतापूर्वक समाप्त पारिने भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण