अलपत्र अन्तरिक्षयात्री ल्याउन स्पेसएक्सले पठायो अन्तरिक्षयान
वासिङटन डीसी । अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले अन्तरराष्ट्रिय स्पेश स्टेशन (आईएसएस) का लागि नयाँ क्रु बोकेको रकेट लञ्च गरेको छ । यो यानमा जापान र रुसका एकेक जना र अमेरिकाका दुई अन्तरिक्षयात्री छन् ।
यो यान फर्किदा ९ महिनादेखि आईएसएसमा अलपत्र रहेका अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोर पृथ्वीमा फर्किनेछन् । जुनको सुरुमा ८ दिनका लागि मात्रै भनेर आईएसएसमा गएका यी दुई जना अहिलेसम्म उतै छन् ।
यी दुवैलाई बोकेर गएको बोइङको स्टारलाइनरमा समस्या आएपछि केही महिनापछि उक्त यान रितै फर्काइएको थियो । यसअघि पनि पटक पटक उनीहरूलाई फर्काउने मिसन पछाडि सर्दै आएको थियो ।
दुई दिनसम्म आईएसएसको ह्यान्ओभरको काम सकिएपछि स्पेश एक्सको यान फर्किने नासाले बताएको छ । पृथ्वीको वातावरणीय अवस्थाले पनि फिर्तीमा असर गर्ने भएकोले केही ढिलो हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण