२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेको २४ घण्टाभित्रै रुस–युक्रेन युद्ध समाधान गर्छु भनेर भनेका थिए । तर अहिले आएर उनले आफ्नो उक्त अभिव्यक्तिप्रति स्पष्टीकरण दिएका छन् । ‘म त्यतिबेला अलि व्यङ्ग्यात्मक भइरहेको थिएँ,’ ट्रम्पले टिभी कार्यक्रममा बोल्ने क्रममा भने । आफ्नो उक्त अभिव्यक्तिको अर्थ म यो समस्याको गर्न चाहन्छु र मलाई लाग्छ म सफल हुनेछु’ भन्ने भएको उनले बताए ।
चुनावी अभियानका क्रममा ट्रम्पले कयौँ पटक २४ घण्टा भित्रै रुस–युक्रेन युद्ध समाप्त गर्नेछु भनेका थिए । ट्रम्पले युद्ध सल्टाउने अथक प्रयास गरिरहेको भए पनि तत्कालै यो सल्टिने कुनै सङ्केत देखिएको छैन । कुराकानीका क्रममा ट्रम्पलाई पुटिन युद्ध अन्त्य गर्न सहमत भएनन् भने योजना के हुनेछ ? भनेर सोधिएको थियो ।
यसको उत्तरमा ट्रम्पले यो संसारको लागि नराम्रो खबर हुनेछ किनकि धेरै मानिसहरू मरिरहेका छन् भनेर भनेका थिए । तर आफूले पुटिनलाई राम्ररी चिनेको अनि उनी यसमा सहमत हुनेछन् भन्ने आशा लागिरहेको उनले बताए । २०२३ को मेमा ट्रम्पले आफू राष्ट्रपति रहिरहेको भए युद्ध नै हुँदैनथ्यो भन्दै राष्ट्रको कार्यभार सम्हालेको २४ घण्टामा युद्ध बन्द गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण