‘अत्तालिएको र सन्तुलन गुमाएको’ भन्दै प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन राप्रपाको चेतावनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली जनता परिवर्तनको पक्षमा उभिएपछि ‘अत्तालिएका, सन्तुलन गुमाएका’ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रमाथि ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ लगाएको बताएको छ ।
पार्टीले प्रचण्डको अभिव्यक्तिको घोर भर्त्सना गर्दै ‘राप्रपा मूकदर्शक भएर नबस्ने’ जिकिर गरेको छ। प्रचण्डलाई यस किसिमको ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहोर्याउन चेतावनी समेत पार्टीले दिएको छ ।
राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका महामन्त्री डा. धवल शमशेर राणाको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले बताए अनुसार आन्दोलन परिचालन समितिको निर्णयमा भनिएको छ, ‘चैत १ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रलाई इंगित गर्दै तुच्छ अमर्यादित, बिना प्रमाणको आरोप लाञ्छना लगाएकोमा राप्रपा आन्दोलन परिचालन समिति घोर भर्त्सना गर्दछ ।’
‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन्,’ राप्रपा आन्दोलन परिचालन समितिको ठहर छ, ‘परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण