फ्लोरा एक्स्पोको दोस्रो दिनसम्म ३१ हजारले गरे अवलोकन, ५८ लाखको कारोबार

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोमा दोस्रो दिन सम्म ३१ हजार भन्दा बढीले अवलोकन गरेका छन् भने ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सोमबारसम्म चल्ने पुष्प मेलालाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको जनाएको छ ।
मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुई र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेको एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ (सुनिल) ले बताए ।
अपेक्षा अनुसार नै अवलोकनकर्ताको भीड रहेका कारण कारोबार पनि एक करोड भन्दा बढी हुने विश्वास लिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए ।
मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय पचास र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको र ज्येष्ठ नागरिकहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष ढकाल
-
१० बजे १० समाचार : रवीन्द्र मिश्रलाई राहतदेखि छवि र रविको मुद्दा हेर्दाहेर्दैमासम्म
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’
-
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको पहिलो निधन
-
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री