भारतलाई च्याम्पियन्स ट्रफी चुमाउने वरुण चक्रवर्ती भन्छन्, ‘टेस्ट क्रिकेट मेरा लागि उपयुक्त छैन’
काठमाडौँ । हालै सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीमा भारतलाई उपाधि दिलाउन वरुण चक्रवर्तीको योगदान महत्वपूर्ण रह्यो । ३३ वर्षीय वरुण प्रतियोगितामा सर्वाधिक विकेट लिने बरको सूचिमा दोस्रो स्थानमा रहे ।
केवल तीन खेल खेलेका उनले नौ विकेट लिए । च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शनपछि टेस्ट टोलीमा उनको ‘डेब्यू’ लाई लिएर विभिन्न चर्चा चलिरहेको छ । तर, वरुण आफैले भने टेस्ट क्रिकेट आफ्ना लागि उपयुक्त नरहेको बताएका छन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा आफूले टेस्ट क्रिकेट खेल्ने सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् । टेस्ट क्रिकेटमा एउटा बलरले धेरै ओभर बलिङ गर्नु पर्ने भएकाले यो ढाँचाको क्रिकेट आफ्ना लागि उपयुक्त नभएको उनको बुझाई छ ।
‘पाँच दिवसीय क्रिकेट मेरा लागि उपयुक्त छैन । मेरो बलिङको शैली मध्यमतेज गतिको बलरको जस्तो छ । टेस्ट क्रिकेटमा एउटा बलरले २३ देखि ३० ओभरसम्म बलिङ गर्नु पर्छ । तर, म त्यति धेरै ओभर बलिङ गर्न सक्दिन,’ उनले भनेका छन् ।
उनले आफ्नो सम्पूर्ण ध्यान सिमित ओभरको क्रिकेटमा केन्द्रीत रहेको बताएका छन् । ‘मेरा लागि सिमित ओभरको क्रिकेट नै उपयुक्त छ । त्यसैले भविष्यमा टेस्ट टोलीको प्रतिनिधित्व गर्ने मेरो कुनै योजना छैन,’ प्रभावशाली स्पिनर वरुण भन्छन् ।
वरुणले खेलजीवनको सुरुवात विकेटकिपरका रुपमा गरेका थिए । केही समयपछि त्यो भूमिका छाडेर उनले मध्यमतेज गतिको बलिङ गरेका थिए । एक प्रतियोगिताका क्रममा घाइते भएपछि मात्र उनले स्पिन बलिङ सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण